पाँच महिनाको लकडाउनको समयमा वुहानका २६ वर्षीय झाउको १ सय १ किलो तौल बढेको छ ।साइबर क्याफेमा काम गर्ने झाउको तौल डिसेम्बरमा १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल १ सय १ किलोले बढेर २ सय ७८ किलो पुग्यो र उनी शहरकै सबैभन्दा माेटा मानिस बनेका थिए ।

चीनमा लकडाउन हटाएको दिन झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकेनन् । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो जसकारण उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने स्थिति आयो ।वुहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मेमा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको तथा सास फेर्न गाह्रो भइरहेको जानकारी दिएको बताएका छन् । झाउललाई भोलिपल्ट ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको थियो । परीक्षणपश्चात् उनलाई हर्ट फेल्यर र रेस्टिरेटरी डिसफङ्सन भएको पत्ता लाग्यो ।
९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा झाउको स्थितिमा केही सुधार आएको छ । तौल कम गर्नका लागि झाउको शल्यक्रिया हुने भएको छ । शल्यक्रियाको क्रममा उनको पेटको एक हिस्सा हटाइने भएको छ । डाक्टरका अनुसार शल्यक्रियाको जोखिम घटाउनका लागि अबको तीन महिनामा झाउले २५ किलो तौल घटाउनुपर्ने हुन्छ । एजेन्सीकाे सहयाेगमा
