मकवानपुर । आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा ३ हजार कर्मचारी खटाइएकाे छ । निजामति, स्थानीय तह तथा विभिन्न संघसंस्थामा कार्यरत मध्ये २ हजार ५ सय जना शिक्षक ५ सय गरी ३ हजार जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
जिल्लामा रहेका १० स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरका कर्मचारी मतदान अधिकृत तथा अधिकृतस्तरका कर्मचारी सहायक मतदान अधिकृतमा खटिएका छन् । जिल्ला १ नगरपालिका सहित ८ गाउँपालिकामा भने भने अधिकृतस्तरका कर्मचारी मतदान अधिकृत तथा नायव सुव्बा वा साे सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको खटाइएको छ । शिक्षकहरुलाई भने सहायक कर्मचारीको रुपमा मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
यसैगरी बागमती प्रदेश कार्यालय हेटौडाले निर्वाचनकाे लागि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतकाे लागि कार्तिक २६ गते शनिबार र कार्तिक २७ गते आइतवार तालिम दिने भएकाे छ । निर्वाचन कानून तथा निर्वाचनकाे समयमा गर्नु गर्नुपर्ने कामका विषयमा जानकारी दिइने कार्यालय प्रमुख लुम्बनाथ पाेखरेलले जनाकारी दिए ।
जिल्लाका १ सय २ वटै वडाका हरेक मतदान केन्द्रमा खटिने ३ सय १४ जना मतदान अधिकृत र ३ सय १४ जना सहायक अधिकृतलाई तालिम दिन लागिएको पाेखरेलले बताए । तालिम पछी खटिएका कर्मचारीहरुको लागि नियुक्ति कार्तिक २८ र २९ गते दिइने भएकाे छ । त्यसपछी निर्वाचनमा खटिएका कर्मचारीहरुलाई मतदानका दिन चाहिने सामाग्री सहित सम्वन्धित मतदान केन्द्रमा पठाइने पाेखरेलले जानकारी दिए । खटिएका कर्मचारीहरु मंसिरको १ गतेसम्म सम्वन्धीत मतदान केन्द्रमा पुगिसक्नुपर्ने बताइएकाे छ ।
३२ सय सुरक्षाकर्मी परिचालन
यस्तै मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षार्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, ससस्त्र प्रहरी, म्यादी र नेपाली सेना सहित खटाइने भएकाे हाे ।
मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले जानकारी दिए ।
सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको गरिएकाे छ । सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिने छ । बिशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसंग मतपत्र लगायतका सामाग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको दश स्थानीय तह मध्यमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने छ ।

