मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासँग मत माग्ने नैतिक अधिकार नभएको बताएकी छिन् ।
लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार रहेकी काँग्रेस सह महामन्त्री डिनाले जिल्लाकाे बागमती गाउँपालिका लितिमा भएको चुनाबीसभामा डिनाले ‘कमल थापा र दिपक सिंहलाई लक्षित गर्दै भनिन् ‘ उनीहरु अहिले जनताको घर–घर पुगेर भोट मागिरहेका छन् । ‘जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्ने उनीहरुलाई जनतासंग भोट माग्ने कुनै नैतिक अधिकार नै छैन । ’
उम्मेदवार डिनाले आफू बिजयी भएमा यस क्षेत्रका लागि राष्ट्रियस्तरबाट बजेट विनियाेजन गरी विकास निर्माणकाे कार्य गर्ने बजेट ल्याउने दाबी समेत गरेकी छिन् ।

यसैगरी मकवानुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले नेकपा एमालेको नेतृत्वमा देश नबन्ने ठोकुवा गरेका छन् । ‘एमाले यो देशको बनमारा झार हो, यसले मुलुकको हित कहिल्यै सोच्दैन, उनले भने–‘गठबन्धनको सरकारले मात्रै मुलुकलाई समृद्धि दिन्छ ।’
यसअघि मुलुकको व्यवस्था परिवर्तन गरेको र अब अवस्था परिवर्तन गर्न गठबन्धन जुर्मुराएको उनले बताए । छिन्तुले यस क्षेत्रमा सडक, विद्युत, शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत कुरालाई पुरा गर्न पुन : उम्मेदवारी दिएको दाबी समेत गरे ।
