मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह जिताएर संसदमा पठाउन अनुरोध गरेका छन् ।
विहीबार मकवानपुरको बकैया ४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अघिल्लो संसदमा आफु एक्लै हुँदा पनि भ्रष्टचारविरुद्ध र राष्ट्रियताको पक्षमा निरन्तर बोलेको बताउँदै मकवानपुरको साथ खोजेको बताए ।
उनले आफुले पार्टीको महाधिवेशन पछि पार्टी सशक्त नयाँ ढंगले अघि बढाएको बताउँदै ४ मंसिरमा हुने निर्वाचनपछि पार्टी देशको वैकल्पिक शक्तिको रुपमा आउने दाबी समेत गरे । उनले मकवानपुरका मतदाताहरुलाई गम्भीर समिक्षा गरेर मतदान गर्न अनुरोध गरे । ‘लिङदेन संसदमा हुदा ठिक थियो भन्ने लाग्छ भने म एक्लै थिए साथि माग्न मकवानपुर आएको छु’ अध्यक्ष लिङदेनले भने ‘आफु मकवानपुरको साथ माग्न आएको बताउँदै पार्टीको उम्मेदवार सिंहसहित राप्रपाका उम्मेदवारहरुलाई जिताएर पठाउन अनुरोध गर्दछु ।’
यसै गरि राप्रपाबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर१ का उम्मेदवार दिपक बहादुर सिंहले मकवानपुरलाई बिकास र समृद्धमा उदाहरणीय बनाएर देखाउन चुनावी मैदानमा आएको बताए । ‘म जनताको जन गठबन्धनबाट उठेको छु । जनताको लागि मन , वचन र कर्मले काम गर्नेछु’ सिंहले भने कमल थापाले नबोकेको जनजातिको छोरा राजेन्द्र लिङदेनलाई ठकुरीको छोराले प्रधानमन्त्री बनाउन बोकेको छ यो मेरो र परिवारको स्वार्थको लागि होइन मकवानपुरको अभिभावकहरुको आशा, युवाहरूको भविष्यको लागि हो ।’
‘धर्मको बिषयमा राप्रपा संकिर्ण छैन, गुम्बा, मस्दिज, चर्च र देवालय सबै बनाउछौ । हामी सबै धर्म र समभावको कुरा गरिरहेका छौ’ उनले भने ।
सभालाई सम्बोधन गर्दै क्षेत्र १ प्रदेश सभा सदस्य उम्मेदवार सागर थापाले भने काङ्ग्रेस, एमाले, माअोवादि कार्यकर्ताहरु खराब नेतृत्वका कारण पिडित छन । म बिश्वास दिलाउन चाहान्छु । राप्रपा त्यस्तो गौरबशाली पार्टि हो जस्ले जनजाति , अादिवासि र दलित समुदायलाई नेतृत्वको मौका दिलाएको छ ।
थापाले भने म जनजातिको छोरा ग्यारेन्टी गर्दछु कि कुनै हामी सबै दलका कार्यकर्ता र मतदाताहरु प्रति कुनै पक्षपात र बैरभाव राख्ने छैनौ । गर्बका साथ हलो चिन्हमा राप्रपालाई मत दान गर्नु होस । यो मतदानले नेपालको भाग्य र भविष्य बदल्छ ।
