मकवानपुर । नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको बताए ।
एमालेबाट मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) का उम्मेदवार श्रेष्ठले शनिबार हेटौंडामा आयोजित प्रचार प्रसार कार्यक्रममा गठवन्धनले मुलुकलाई तहसनहस बनाएको बताए । अहिले मुलुक चिन्तजनक अवस्थामा रहेकोले नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाका १९ वडा मध्य १२ वटा वडा उनको क्षेत्रमा पर्छ । पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथले जोडिएको हेटौंडा बजार क्षेत्रको सडक फाराकिलो बनाउने बिषय बेला बेलामा चर्चामा आउने गरेको छ । सोहि सन्दर्भमा हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु आफूले पहल गर्ने उनले बताए ।

