सीता आस्था ढुंगेल
१.
दुःख पर्दा ज्यान दिनु त्यत्ति भन्या त हो
गाली गर्नु र ज्ञान दिनु त्यत्ति भन्या त हो
सन्चो बिसन्चो के छ, खायो खाएन
हर कुरामा ध्यान दिनु त्यत्ति भन्या त हो ।
२.
तल झर्नु पर्दो रैछ चुनाब आएपछि
विकास गर्नु पर्दो रैछ चुनाब आएपछि
अघिपछि सहर नै सबैभन्दा ठूलो लाग्ने
गाउँमा सर्नु पर्दो रैछ चुनाब आएपछि ।
३.
प्रयास गर्नु हार होइन छोड्नु हार हो
गन्तव्यमा नपुगी बाटो मोड्नु हार हो
सोचेर मात्र सम्बन्ध जोड्नु राम्रो हुन्छ
जोडेपछि मनमुटावले तोड्नु हार हो ।।
इलाम हाल काठमाडौ

