मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरमा आसन्न निर्वाचनको लागि महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानियाँ र आनन्दराम पराजुलीले टिकट पाएका छन ।
शनिबार कांग्रेसबाट मकवानपुरमा उम्मेदवार बन्नेको नाम टुंगो लागे संगै कांग्रेसकी सहमहामन्त्री डिनालाई प्रतिनिधि सभा तर्फ मकवानपुर क्षेत्र नंबर १ को टिकट दिएको छ ।
यसैगरी प्रदेश सभा तर्फ मकवानपुरको प्रतिनिधिसभा १ को ‘ख’ मा आनन्दराम पराजुलीले उम्मेदवारको टिकट पाएका छन ।
यस्तै कांग्रेसबाट मकवानपुर २ को ‘ख’ मा इन्द्रबहादुर बानियाँले टिकट पाएका छन् । यसअघि २०७४ मा भएको निर्वाचनमा पनि बानियाँ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि गठबन्धनबाट मकवानपुर क्षेत्र नंबर २ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले टिकट पाइसकेका छन् । मकवानपुर-१ को ‘क’ मा माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र २ को ‘क’ मा कुमारी मोक्तानले टिकट पाएका छन् ।

