मकवानपुर । चितवनमा जीपकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । चितवनकाे भरपुर महानगरपालिका– २९ सेतीदोभानमा बा १५च ७४७९ नम्बरको जीपले बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको उक्त जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको पर्वतको महाशिला गाँउपालिका–५ का पंगेनी सवार माेटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएकाे चितवन प्रहरीले जनाएकाे छ । टाउकोमा गम्भिर चोट लागेका मित्रलालकाे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य आवश्यक अनुसन्धान भइ रहेकाे प्रहरीले बताएकाे छ ।

