मकवानपुर । हेटौंडा उपमहानगरपालिका १६ स्थित बीपी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ ।
भाद्र ९ गते नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर महिला विभागले हेटौंडाको बिकट क्षेत्र शक्तिखोलामा रहेको उक्त विद्यालयका ८३ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । हरितालिका तीजको अबसर महिला बिभागले गरेको स्टेशनरी बितरण कार्यक्रममा संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालले सिर्जनशील कार्यक्रम सङ्गठनले गर्दै आएको र आगामी दिनमा पनि विद्यालय शैक्षिक विकासमा सङ्गठन निरन्तर लाग्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी गजुरेलले तिजको उपलक्ष्यमा देशैभरका जिल्लाका दुर्गम विद्यालयहरुमा शैक्षिक सामग्री वितरण एकै साथ गरिएको बताउदै सङ्गठन निरन्तर शिक्षकको हित र अभिभावक तथा विद्यार्थीकै पक्षमा लागि पर्ने बताईन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिका सहसचिव चन्द्रादेवी बल शिक्षक भावना सापकोटा, सबिता लामिछानेले तिजको शुभकामना मन्तव्य राखेका थिए । जिल्ला महिला विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष प्रतिमा गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी गजुरेल नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समिति सदस्य, श्रीराम दाहाल संगठन मकवानपुर जिल्ला अध्यक्ष, मुकुन्द न्यौपाने जिल्ला सचिव, डीबी बर्तौला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुखको उपस्थिति थियो ।

यसैगरी कार्यक्रममा बालकुमार श्रेष्ठ जिल्ला सदस्य तथा हेटौंडा नगर समिति इन्चार्ज, शशिकला कार्की नेपाल जिल्ला सदस्य, गोपिरमण प्याकुरेल हेटौंडा नगर समिति अध्यक्ष, दीपक अधिकारी शिक्षक महासंघ हेटौंडाका अध्यक्ष, सिताराम दाहाल शिक्षक साकोसका अध्यक्ष, ठाकुर प्रसाद नेपाल विद्यालयका प्रधानाध्यापक, कृष्ण बहादुर रुम्बा विव्यस सदस्य चिनबहादुर थिङ विव्यस सल्लाहकार लगायतको उपस्थित रहेको थियो ।

