कविता केशरी
जसरी पानीले बगर बनायो।
ढाँकरले पिठ्युँमा घर बनायो।
खबर के सुनाउनु आफन्तलाई
आँशुले गालामा नहर बनायो।
मान्छेले आज चुपचाप रहेर
नफिर्ने गरीको सफर बनायो।
तिमीले सत्रु कुट्ने हो कुट साथी
पशुलाई लड्न सिङपुच्छर बनायो
सानो छ भनेर नहेप कसैलाई
सानैले मान्छेको सोत्तर बनायो।
बिराटनगर

