मकवानपुर । नेपालमा काेराेना संक्रमित ३ सय ३५ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ९६ नमुना परीक्षणमा ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ रहेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ३२ जना होम आइसोलेसनमा र १ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ८, ललितपुरमा ३८, मोरङमा १८, चितवनमा ६, धनुषामा १२, भक्तपुरमा ५, सुनसरी, कास्की र नवलपरासी पूर्वमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।

