मकवानपुर । हेटौडा ४ स्थित हेटौंडा क्याम्पस संचालक समितिको अध्यक्षमा आनन्दराम पराजुली निर्वाचित भएका छन् । शनिबार भएको १४ औं क्याम्पस सभाबाट पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्याम्पस सभाबाट समितिको उपाध्यक्षमा श्रीधर पोखरेल र कोषाध्यक्षमा नमुना पाण्डे चयन भएका छन् । यस्तै, सदस्यमा प्रदिप कोईराला, बद्रीनाथ शर्मा, पुरण बहादुर जोशी, कविर पन्त तथा सदस्य सचिवमा देवचन्द्र मानन्धर चयन भएका छन् ।

