मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बकैया ११ घट्टेपाख नजिकै शुक्रबार दिउँसो फलाम बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौंडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्वरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा ट्रक चालक भारत पट्ना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिइ सडकबाट अन्दाजी २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।
सुरेन्द्रको शव गाडीको स्ट्रेरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
In: मुख्य खबर, राष्ट्रिय, सुरक्षा खबर
Tags: No Comments

