मकवानपुर । ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा फोहोरको कारण असभ्य भएपछि युवाहरूले सरसफाई गरेका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरका युवाहरूले मकवानपुरगढी दरबार परिसरमा सरसफाई गरि नेपालको झण्डा राखेका छन् ।
आन्तरिक तथा बैदेशी पर्यटनहरुले मकवानपुर गढी दर्बार क्षेत्रमा फोहर मैला थुप्रिएरपछि आफूहरू सफाई कार्यक्रम गरेको अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य किशन घिसिङले बताए । दरबार परिसरमा रहेको नेपालको झण्ड समेत पुरानो भएर च्यात्तिएकोले उनीहरूले झण्डा पनि नयाँ राखेका छन् ।
आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुरगढीमा पर्यटकीय आवागमनको कारण फोहोर बढेको थियो।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य किशिन घिसिङ, अनेरास्ववियु मकवानपुर सचिब पुष्कर तिमल्सिना, अनेरास्ववियु मकवानपुर स्वयम् सेवक विभाग प्रमुख मनिश मान श्रेष्ठ, हेटौंडा उपमहानगर कमिटी सह-संयोजक सागर गौतम, मकवानपुर बहुमुखी क्याम्पस सचिब प्रसिद्ध रेग्मी तथा विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

