मकवानपुर । हेटौंडा उपमहानगरपालिका १० बसपार्क क्षेत्रमा उम्रेको गाँजाका विरुवा फडानी गरेर नष्ट गरिएको छ।
हेटौंडा-१० बसपार्क स्थित सामुदायिक प्रहरी सेवा उप केन्द्र पछाडी आफै उम्रिएको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको हो।
प्रहरी चौकी बसपार्क,सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्क,आदर्श टोल विकास संस्था,नेत्रज्योती टोल विकास संस्था,सचेत नागरिक युवा समुह मकवानपुर र स्थानीयहरुको सहभागितामा लागुऔषध गाँजा फडानी गरी जलाएर नष्ट गरिएकाेको हो।
उक्त स्थानमा रहेको गाँजाका कारण युवाहरु दैनिक उक्त स्थानमा आएर गाँजा सेवन गर्ने,होहल्ला गर्ने प्रवृत्ति बढेकोले मकवानपुर प्रहरीको समन्वय र टोल विकास तथा स्थानीयको सकृयतामा गाँजाखेती नष्ट गरेको सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कँडेलले बताए।
उक्त अभियानमा प्रहरी चौकी बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर तामाङ,टोल विकास संस्था अध्यक्ष शान्ता गजुरेल, स्थानीय दुर्गा नेपाल, निलम दवाडी, जनप्रतिनिधि र सचेत नागरिक अभियान मकवानपुर अध्यक्ष शिव नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
