मकवानपुर । बन्धक बनाएर फिरौती रकम माग गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हेटाैडा १० बसपार्कबाट पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१५ का २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ का २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेका छन् । उनीहरुले पर्सा जिल्ला बिरंगज महानगरपालिका १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाएर फिरौती माग गरेकाे प्रहरीले जनाएकाे छ । हेटौडा १० बसपार्कस्थित ट्राभल होटल एण्ड लजमा श्रीवास्तवलाई बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रीवास्तवलाई जेठ २९ गतेदेखि बन्धक बनाएर उनको घरमा फोन सम्पर्क गर्न लगाएर फिरौति रकम (पैसा) समेत माग गरेको मकवानपुर प्रहरीले बताएको छ । तर के कति रकम फिरौती बापत मागेकाे थियो त्यो भने प्रहरीले खुलाएको छैन । बन्धक बनाई राखिएको श्रीवास्तवलाई सोमबार बिहान प्रहरीले उद्दार गरेको हो ।
पक्राउ परेका ३ जनालाई मकवानपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरी जानकारी दिएकाे छ ।

