नेपाली चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरु बिच प्रदर्शन गर्दै सार्वजनिक गरिएको हो ।
विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको एकेडेमीले निर्माण गरेकाे चलचित्र आगामी साउन २० गते प्रदर्शन हुने पक्का भएको छ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएका हो । ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले सस्पेन्स–थ्रिलर चलचित्र ‘म’ को निर्देशन गरेका छन् ।
आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई डिसिएन र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

