मकवानपुर । पेट्रोल, खाना बनाउने ग्याँस लगायतमा भएको मुल्य वृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा सिठ्ठि जुलुस निकालिएको छ ।
सरकारले जनताको औकात नै नबुझी मुल्य बढाएको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले हेटौंडा बजारमा सिठ्ठि जुलुस निकालेका हुन ।
पेट्रोलियम पदार्थको मूल्य बढाएको बिरोधमा चरणवद्ध आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको छ।
मकवानपुर क्याम्पस,हेटौंडा क्याम्पसबाट निस्केको विद्यार्थीको सिठ्ठी जुलुस बजारको परिक्रमा गर्दै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो।सिठ्ठी जुलुसमा विद्यार्थीहरुले मुल्य बृद्धि फिर्ता गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि हेटौंडामा मुल्य वृद्धिको विरोधमा र्याली निकालेका छ । राप्रपाको र्यालीले बजार परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा टुङ्गीएको थियो ।
