मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार मीना कुमारी लामा २३,०७५ मत ल्याई विजय भएको घोषणा गरिएको छ ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अनन्त प्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्त प्रसाद पौडेलले २०,९०८ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया ३२,५९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार सुमित्रा काफ्लेले २३,९०९ मत ल्याएकी छन् ।
मेयरमा राप्रपाको दिपक बहादुर सिंहले २० हजार ५ सय ३१ तथा उपमेयरमा राप्रपा को इन्दिरा न्यौपानेले ५ हजार ८ सय ८७ मत ल्याएको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार आंशिक बदर मेयरमा १२ प्रतिशत थियो भने उपमेयरमा १८ प्रतिशत थियो । खसेको मतको ६१० मत पुर्ण बदर थियो ।

