मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा १ मा अध्यक्ष सहित एमालेको प्यानल निर्वाचित भएको छ । वडा नंबर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।
१ नम्बर वडा अध्यक्ष पदमा मुक्तानले ४६३ ल्याउदै विजय हासिल गरेको छ । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । यसैगरी माओवादीलाई ३२१ मत प्राप्त भएको थियो । ३२ मत बदर भएको बताइएको छ ।
यसैगरि,सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान,भीम बहादुर मुक्तान,महिला सदस्यमा आस माया थिङ,दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मामा विजयी भएका छन् ।
यस्तै राक्सिराङ -१ बाट गाउँपालिका अध्यक्षमा भने कांग्रेसलाई बढीमत प्राप्त भएको छ । गाउँपालिका अध्यक्षमा एमालेलाई ४७५ नेपाली काङ्ग्रेसलाई ५९८ जसपालाई ७ एकीकृत समाजवदीलाई ७ मत प्राप्त भएको थियो । गाउँपालिका अध्यक्षमा ७५ मत बदर भएको थियो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष पदमा एमालेलाई ४८५, माओवादीलाई ४७८ एकीकृत समाजवादीलाई ३ मत प्राप्त भएको थियो भने १५३ मत बदर भएको थियो ।
