बिना बुढाथोकी
१.
तिम्रो मेराे तनमन मिले छिटै घरबार हुन सक्छ
आजकाे सानाे झुपडी भाेली दरबार,हुन सक्छ
किन मन सानाे बनाउँछाै प्रिय गरिब छु भनेर
भाेली त्यही गरिबकाे याद बारबार हुन सक्छ।
२.
मेरी आमा हजुरलाई ठगेर, के पाउँला र मैले
बुढेसकालमा वृद्धा आश्रम लगेर,के पाउँला र मैले
बरू खाँउला खाेले साग सिस्नु बसौंला झुपडीमा
तिमलाई एक्लै छाेडी अगाडि बढेर,के पाउँला र मैले ।
३.
मिठाे मुस्कान सँगै खुसीले हाँसी,दिए पुग्छ
जहाँ भए पनि स्वस्थ साथ बाँची,दिए पुग्छ
रहर हैन बाध्यता हाे प्रदेश हुने नेपालीकाे
मन मुटुमा माया नेपालकाे साँची,दिए पुग्छ।
सल्यान

