मकवानपुर । मकवानपुरका उद्यमी तथा व्याडमिन्टन खेलको भेट्रान खेलाडी बीके बोसको निधन भएको छ । खुट्टाको क्यान्सरको उपचार गराइरहेका ६१ बर्षीय बोसकाे मंगलबार दिउँसो चितवन मेडिकल कलेजमा निधन भएको हो ।
हेटौंडा–४, गर्दोईका बोसको मंगलबार नै हेटौंडा–९, कुष्माण्ड त्रिवेणीधाममा अन्त्येष्टी गरिएको छ । लामो समय हेटौंडा औद्योगिक क्षेत्रस्थित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापकको रुपमा काम गरेका बोसले पछिल्लो समय नारायणी मिल्क इन्डष्ट्रिज सञ्चालन गर्दै आएका थिए ।
उद्योग संघ मकवानपुरको द्वितीय उपाध्यक्षसम्म भएका बोस मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएटतर्फका सदस्य समेत थिए । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको अध्यक्ष समेत रहेका बोस व्याडमिन्टन खेलको भेट्रान खेलाडी थिए । व्याडमिन्टन खेलको विकासमा अग्रसर रहेका बोसका छोरा अभिषेक र छोरी माधवी दुबै खेलाडी राष्ट्रियस्तरका खेलाडी छन् ।

