मकवानपुर । नेकपा एमालेले थाहा नगरपालिकाको मेयर र उपमेयर सहित सवै वडामा उम्मेदवारी दर्ता गरेकाे छ । एमालेले साेमबार नगरपालिका मेयर उपमेयर वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको हाे ।
अचुतम प्रसाद ढकालले थाहाको मेयरमा नगर ईञ्चार्ज विष्णु प्रसाद ढकालको प्रस्ताव र नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी रिता ठकुरीको प्रस्ताव र उत्तम लामिछानेको समर्थनमा कल्पना बलमीले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
एमालेले र्याली र नाराजुलुस नगरी शान्तपूर्वक उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थकहरुसहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय शिखरकोट पुगेकाे थियाे । एमालेले नगरकाे अधिकांश वडामा युवा उम्मेदवारलाई अघि सारेकाे छ ।
१ नम्बर वडामा प्रदिप प्रधान, २ मा गुप्तबहादुर कार्की, ३ मा सुजन कुमार रायमाझी, ४ मा रामराजा केसी, ५ मा बिष्णु बहादुर गुरुङ र ६ मा मनहरि भट्टले वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गरेका छन् । यसैगरी वडा नम्बर ७ मा शम्भु बहादुर खत्री, ८ मा हेम थिङ, ९ मा रामकृष्ण बस्नेत, १० मा हिराबहादुर गमाल, ११ मा धनबहादुर गोले र १२ मा युवराज गोलेले उमेदवारी दर्ता गरेका छन् ।
सबै वडाहरुमा १/१ दलित महिला सदस्य, १/१ महिला सदस्य र २ सदस्यसहित कुल ६२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

