मकवानपुर । स्थानीय तहको निर्वाचनको लागि मनोनयन दार्ता गर्ने समय आज अन्तिम हो । मनोनोयन दर्ताको केही घण्टा मात्रै बाँकी रहदासम्म नेपाली काग्रेसले मकवानपुरले आफ्नो उम्मेदवार टुङग्याएको छैन ।
लामो कसरतपछि काँग्रेसले गठबन्धनमा पाएको भाग अनुसार गाउँपालिकाहरुको उम्मेदवारहरु टुङ्ग्याएको छ तर नगरको उपप्रमुख र वडा अध्यक्षहरु टुङ्ग्याउन सकेको छैन । ‘पहिले त गठबन्धनमै मिलाउन समस्या भयो, अनि पार्टी भित्र अर्को समस्या’ एक काँग्रेस नेताले भने, कुनै पनि हालतमा आज त गर्न गर्नेछ गाउँपालिकाको सकियो, अझै मुख्य मुख्य पालिकाको उम्मेदरवार टुङगीएको छैन ।
स्थानीय तहको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको अन्तिम दिनमा उम्मेदवारी दर्ता गराउनका लागि नेपाली कांग्रेसले मकवानपुरका गाउँपालिकामा प्रमुख र उपप्रमुखमा आफ्ना उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाउन भने अझै बाँकी रहेको छ । मकवानपुरका एक सय २ वटै वडाहरुमा पनि गठबन्धनबाटनै उम्मेद्वार छनोट गर्ने भनिएपनि अहिले सम्म त्यसको टुङ्गो लागिसकेको छैन ।
कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिएको छैन ।
कांग्रेसको भागमा परेको मकवानपुरको बकैया गाउपालिकामा अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढी अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिका अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सीराङ गाउँपालिका अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेती, बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ, ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मुख्य चर्चामा रहेको हेटौंडा उपमहानगरको उप मेयरमा भने अझै नाम टुङ्ग्याइएको छैन । यो पदमा काँग्रेस भित्र धेरै विवाद भएको कारण अन्तिम समयमा नाम सार्वजनिक नै नगरी मनोनय दर्ता गर्ने आन्तरीक तयारी भएको बुझिएको छ । काँग्रेसका महिलाहरुले सिफरीसमा परेका महिलबाटै उपमेयर पाउनु पर्ने दाबि गरिरहेको बेला पार्टीले यस अधि सिफरीस गरेभन्दा फरक व्यक्ति उम्मेदवारी बनाउन लागेको बुझिएको छ । समय हुँदै नाम सार्वजनिक हुँदा बागि उम्मेदवार उठ्न सक्ने त्रासको कारण नाम सार्वजनिक नगरीएको हुनसक्ने पार्टी कार्यकर्ताकाे अनुमान छ ।
हेटौंडाको मेयरको लागि गठबन्धनमा दाबि गर्दै आएको नेपाली काँग्रेस मकवानपुरले उपमेयर पाएपछि यसअधि पार्टी भित्र उममेयरको सिफरीसमा परेकाहरु बाहिरीने संभावना बढेको छ । सिफारीसभन्दा बाहिरको व्यक्तिलाई पार्टीले कुनै पनि हालतमा उपमेयर नदिन महिलाहरुले माग गर्दै आएका छन् । यस अधि ३ जना महिलाको नाम उपमेयरको लागि सिफारीस भएको छ, त्यही मध्यबाट हुनुपर्छ भन्ने हाम्रो माग अझै जारी छ’ पार्टी सहसचिव इन्दीरा न्यौपानेले भनिन् ।

