मकवानपुर । हेटौंडामा जर्नालिजम अवार्ड २०७९ शनिबार हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिले यहि बैशाख १० गते हेटौंडामा जर्नालिजम अवार्ड गर्न लागेको हो । एकेडेमीले मंगलबार पत्रकार सम्मेलन गरी अवार्ड बैशाख १० गते रिगल हेटौंडा रिसोर्टमा हुने जनाइएको छ ।
यस अघी एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा र दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो । कोरोनाका कारण २ वर्ष अवार्ड कार्यक्रम गर्न नसकिएकाेले तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ एकैसाथ गर्न लागिएकाे एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए । जर्नालिजम अवार्ड अन्तर्गत विभिन्न १३ विधामा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड प्रदान गर्न लागिएको उनले जानकारी दिए । गाैतमका अनुसार अनुसार प्रत्येक विधामा अवार्डसँगै पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट पत्रकार वर्ष अवार्डकाे सम्मानबाट नगद १० हजार रुपैयाँ सहित २ जना (महिला र पुरुष) जना सम्मानित गरिने भएकाे छ । यसैगरी उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड (महिला र पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, रेडियो पत्रकारीता बर्ष अवार्ड,सम्पादक वर्ष अवार्ड र उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड गरी १३ विधामा अवार्ड प्रदान गरिनेछ गाैतमले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षलाई सम्मान समेत गर्ने जनाइएको छ । २०७७ र २०७८ सालमा गरेकाे कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य जुरी सदस्य रहने जनाईएको छ । अवार्ड कार्यक्रम सँगै साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

