मकवानपुर । हेटाैडा ११ काे डाङडुङ्ग र सिमलटार क्षेत्रमा पहिलो पटक बाटो स्ल्याब हुँदा विरोध गर्नेहरु नै विकास विरोधी रहेको माओवादी विशेष प्रदेश उपाध्यक्ष तथा प्रचण्डका पूर्व सुरक्षा प्रमुख प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले बताएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)हेटौंडा उपमहानगरपालिका-११ डाङडुङ्गे र गोल्फिन्टारमा भएकाे टोल भेलामा पाण्डेले भने “माओवादीले झुठो नबाेल्ले, भ्रष्टाचार नगर्ने, जनतालाई पूरा गर्न सक्नेजति मात्रै बोल्छ ।’
‘शैक्षिक सुधारको नाममा एनजीओ/आईएजीओ मार्फत भ्रष्टाचार गर्ने र बाटो विस्तारलगायतको नाममा बजेट कुम्ल्याउनेहरु वैशाख ३० गते पराजित हुने पाण्डेले बताए । उनले ११ नं. वडामा डाङडुङ्गे,नवलपुर,रुम्बा टोल र सिमलटार लगायत ठाँउहरुमा कुमारी मोक्तानकाे पहलमा बाटो, खानेपानी,मन्दिर र बत्तीको लागि बजेट विनियाेजन भएकाे बताए । ‘सिमलटार,गोल्फिन्टार लगायत ठाउँको खानेपानी समस्या समाधानको लागि आफ्नै पहलमा खानेपानी बोरिङको अध्ययन सुरु भइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य शङ्करराज बानियाँ(सागर) को विशेष आतिथ्यता रहेकोे थियो। डाङडुङ्गेको भेलाले तिलकप्रसाद अगस्तीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी र गोल्फिन्टारको भेलाले रामकृष्ण थापाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेकाे छ।
कार्यक्रममा बागमती प्रदेश सदस्य तथा नगर इन्चार्ज विवेक राई,जिल्ला सचिवालय सदस्य कमलचन्द्र सुमन,नगर अध्यक्ष तिर्थबहादुर थापा,नगर उपाध्यक्ष गुणराज घिमिरे, वडा इन्चार्ज देवनारायण चौलागाईं, वडा सह-इन्चार्ज मधुकुमार थापा, वडा अध्यक्ष देवकृष्ण थोकर,वडा सह-सचिव ईन्द्र लामा, वाईसीएल वडा अध्यक्ष कमल हटुवल र वडा पार्टी सदस्यहरु रामचन्द्र कठायत, बलराम बि.क, गणेशबहादुर रसाइली, सुर्यमान लामा,जोशन योन्जन,टिकाबहादुर दुलाललगायतकाे उपस्थिति रहेकाे थियाे ।

