मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेसले संयुक्त पार्टी कार्यालय उद्घाटन गरिएकाे छ । साेमबार कांग्रेस बागमती प्रदेश संसदीय दलाका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुर प्रतिनिधि सभा १ क क्षेत्रीय कार्यसमिति कार्यालय र बकैया गाउपालिका कार्यसमितिकाे सयुक्त पार्टी कार्यलय उद्घाटन गरेका हुन् ।
कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त कुमार श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश संसदीय दलाका नेता बानियाँको प्रमूख आतिथ्यतामा बकैया गाउँपालिको हात्तिसुँडेमा भएको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बकैया गाउँपालिकाका ४ वटा वडाका एमाले, माओवादी केन्द्र र राप्रपा पार्टी परित्याग गरी १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेलाई सभापति बानियाँले कांग्रेसकाे सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले कांग्रेस भीडको पछाडी हिड्ने नभै नियन्त्रण गरेर राम्रो र सही ठाउँमा अन्य दलहरुसमेत संगै लिएर हिड्ने बताए । कम्युनिष्टहरु जनतालाई झन् विपन्न र गरिव बनाई राजनीति गर्ने पार्टी भएकाले कम्युनिष्टहरुबाट देशमा कहिल्यै समृद्धि नआउने बानियाँले बताए । ‘उनीहरु एमसीसीको बारेमा जनतालाई गलत भ्रम सूचना दिएर गरिव, विपन्न र विकासोन्मुख देशलाई विदेशी शक्ति राष्ट्रले दिएको सहयोगमा खेल्ने गर्छन’ उनले भने ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबहाक सभापति विष्णु लामिछाने, जिल्ला उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, महिला नेतृ रिता खनाल, संघीय सभापतिद्वय दामोदर खनाल र लोक मुक्तान, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, महिला संघ बागमती गाउँपालिका सचिव अप्सरा लामालगायतकाे उपस्थिति रहेकाे थियाे ।

