मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरको आयोजनामा २ दिने बकैया कला–साहित्य महोत्सव–२०७८ सुरु भएको छ । शुक्रबार महोत्सवको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेका छन् । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा बकैया–३, हात्तिसुँडेमा महोत्सव शुरु भएकाे हाे ।
२०५० सालमा स्थापित झरना साहित्यिक परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको छ । यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिएकाे झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताए ।
फागुन २८ गते शनिबारसम्म आयाेजना हुने महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका रहेका छन् । यसै गरी छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति समेत आयाेजना हुनेछ । लामिछानेका अनुसार स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने कार्यक्रम रहेकाे छ ।
महोत्सवको पहिलो दिन शुक्रबार देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवा लगायतकाे उपस्थितिमा कार्यक्रमकाे उद्घाटन गरिएकाे थियो । महोत्सवका विभिन्न १० जना स्रष्टाहरलाई सम्मान कार्यक्रम गरिएकाे छ ।
यसै गरी मकवानपुरका गजलकार विश्वनाथ संजेलकाे गजल संग्रह ‘फर्कियो किनारबाट’ विमाेचन गरिएकाे छ । यसका साथै महाेत्सवमा आज “विद्यालय सिर्जनात्मक सिप विकासको केन्द्र” विषयक बहस, “सिर्जनामा स्थानीय रङ ” विषयक बहस, स्थानीय बालबालिकाको रचना वाचन तथा साङ्गितिक प्रस्तुतिहरू तथा स्थानीय सांस्कृतिक गायन तथा नृत्यहरू प्रस्तुत भएकाे लामिछानेले बताए ।
महाेत्सवकाे दाेस्राे दिन शनिवार फागुन २८ गते

