मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा तेस्राे ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आज फागुन २७ गते शुक्रबारबाट सुरु हुदैछ ।
झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयाेजना गरेकाे झरना परिवारका सचिव मसान उपासकले जानकारी दिए । शुक्रबार फागुन २७ गते शुभारम्भ हुने महाेत्सव २ दिन चल्ने छ । २८ गते शनिबार समापन गरिने महाेत्सव बकैया-३ हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र गाउँपालिकाको सभाहलमा गरिने उपासकले बताए ।
२०५० साल फागुन १२ गते तत्कालिन छतिवन गाविसमा स्थापना भएको झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बहत् साहित्य गोष्ठी गर्दै आएकोमा पछिल्ला २ वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आएकाे छ । यसवर्षबाट स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले खैंजडी भजन,तामाङ,माझी,राई लगाएत जनजातिका कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी हुने सचिव उपासकले बताए । २ दिवसीय महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रम हुने भएकाे छ । यसैगरी सष्टा सम्मान, कृति विमोचन, साङ्गीतिक कार्यक्रम, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी तथा पुस्तकालय स्थापना हुने आयाेजकले जानकारी दिएकाे छ ।
बद्ध माध्यमिक विद्यालय बकैया-३,हातीमुंडेकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे प्रायाेजनमा महोत्सवमा साहित्य बहसमूलक कार्यक्रम समेत हुने झरनाका अध्यक्ष दीपक गौतमले बताए । उनले आफुहरुले गर्न लागेको कला–साहित्य महोत्सवले साहित्य क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । साहित्य महाेत्सवमा देशभरबाट ५० जना साहित्यकारहरु र बकैया गाउँपालिकाका राजनीतिक,सामानिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने बताइएकाे छ । महोत्सवमा करिब ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
आज विहान उद्घाटन हुने बकैया कला-साहित्य महोत्सव-२0७८ काे पहिलाे दिन पुस्तकालय उद्घाटन
कृति विमोचन पुरस्कार तथा सम्मान वितरणकाे कार्यक्रम रहेकाे छ । यस्तै साँस्कृतिक प्रस्तुति साहित्यमा स्थानीय रङ तथा ‘विद्यालय: सिर्जनात्मक सिप विकासको केन्द्र’ सम्बन्धी बहस नवप्रतिभा विशेष रचना वाचन गजल/मुक्तक वाचन/गायन साँस्कृतिक साँझ सहित २७ गतेकाे कार्यक्रम सम्पन्न हुने गाैतमले बताए ।
यसैगरी महाेत्सवकाे दाेस्राे दिन फागुन २८ गते शनिबार ‘स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यासः कति सहज ? कति असहज ?’ सम्बन्धी बहस, कविता वाचन, साँस्कृतिक कार्यक्रम, ‘स्थानीय सरकार सञ्चालनका पाँच वर्ष’ सम्बन्धी बहस, सम्मानित स्रष्टाको रचना वाचन, मायाकाे चिनाे प्रदान लगायतकाे कार्यक्रम गरि समापन गरिने सचिव गाैतमले जानकारी दिए ।

