मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकाका ८३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाका नेता विरबहादुर भोलन ‘लामा’ सहित उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । विहीबार बकैया एमाले ५ नंबर वडा कमिटीले भडौरामा गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भोलन माओवादी केन्द्र परित्याग गर्दै एमलेमा प्रवेश गरेका हुन् ।
यसैगरि,कार्यक्रममा लामा समयदेखि राप्रपामा आबद्ध चन्द्रबहादुर कार्की,लालसिंह घलान,सोमबहादुर थिङ,अर्जुन घलान,कुमार स्याङ्तान,अरुण माझी एमाले प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्दै कृष्ण भोलन,बाबुलाल बल लामा,बुद्धिमाया दोङ,सरिता पाख्रिन थिङ,संजय माझी,अर्पण माझी,प्रदीप माझी,अमर स्याङ्तान,सुनिल लामा,जयकुमार लामा,अनिल लामा,शेरबहादुर माझी,कोपिला माझी,संगिता माझी,रणबहादुर माझी,जयकुमार रुम्बा,बिरबहार भोलन,सुजन लो,पंज माझी,बुद्ध स्याङ्तान,सुजन बले,विजय गोले,सोमबहादुर भोलन,दिनेश थिङ,कमानसिंह थिङ,अन्सार गोले,सरिता भोलन,अनिता भोलन,ठूलीमाया स्याङ्तान,निमु गोले,ईन्द्रबहादुर थिङ,बिक्रम थिङ लगाएत ८३ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई एमाले केन्द्रीय सदस्य एवं मकवानपुर सह ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंबर १ सांसद कृष्णप्रसाद दाहाल,एमाले मकवानपुरका उपसचिव एवं भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले टिका र खादा लगाएर एमाले स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला सदस्यहरु दलबहादुर वाईवा, कृष्णप्रसाद चौलागाई, बेलप्रसाद दाहाल र सरला बोलखेले स्थानीय निर्वाचन नजिकिदै गरेको बताउँदै बकैयाको १२ वटै वडा र पालिका जित्ने गरि पार्टीको कामहरु बढाउनु पर्नेमा जोड दिएका थिए । एमाले बकैया-५ का वडा अध्यक्ष लालबहादुर जिम्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य राजन दंगाल,राजकुमार तिमल्सिना,एमाले बकैया अध्यक्ष गोपाल दाहाल लगाएत एमाले भातृसंगठनका प्रतिनिधि,नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

