मकवानपुर । मकवानपुरको राक्सीराङ्ग र मनहरी गाउँपालिकाका अति विपन्न ६ सय १० परिवारलाई न्यानाे कपडा वितरण गरिएकाे छ । विकट क्षेत्रका चेपाङ वनकरिया तामाङ तथा दलित समुदायकाे परिवारलाई विहीबार नेपाली कांग्रेस बागमती प्रदेशले न्यानो कपडा वितरण गरेको हाे ।
कांग्रेस बागमती प्रदेशले राक्सीराङ गाउँपालिका वडा नम्बर १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।त्यसैगरी मनहरी वडा नम्बर ४ नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको हो ।
कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


