मकवानपुर । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन समेतका लागि निवेदन माग गरेको छ । आयोगले शनिबार सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका विज्ञ सूचि तयारीकाे लागि निवेदन मागेको हो ।
आयोगले तोकेको समय र अवधि सम्म काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आयोगद्वारा शनिबार जारी सूचनामा चित्रकला र ग्राफिक डिजाइनमा स्नातक गरेका अनुभवी विज्ञहरूबाट निवेदन आह्वान गरिएको छ। सूचनामा ग्राफिक्स डिजाइन र दृष्टान्त चित्रमा दुई वर्ष अनुभव भएकाहरूलाई पाँच दिनभित्र निवेदन दिन भनिएको छ।
आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाबाट वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।

