मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी १ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्वरको मोटरसाइकललाई मनहरी–७ बिजौनास्थित ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा जिल्ला बागेश्वरी घर भएका ४१ वर्षीय ओम प्रकाश गिरी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गिरी दुर्घटनामा परेर गम्भीर घाइते भएकोमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ । ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाइएको छ ।

