मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। मिति तय भैसकेर पनि अनिश्चित कालको लागि स्थगित भएको कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रिय निर्वाचन समितिको निर्णय अनुसार पुष २७ गते हुनेछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तीमा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न बाँकी रहेको र उक्त जिल्लाहरुको जिल्ला अधिवेशन आउँदो पुस २७ गते गर्ने निर्णय भएको छ ।


