मकवानपुर । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरकाे अध्यक्षमा अशाेक सुजन श्रेष्ठ चयन भएका छन् । फोनिज मकवानपुरकाे शनिबार भएको पाँचौं अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हाे ।
यसै गरी अधिवेशनबाट उपाध्यक्ष नवराज वाईबा, सचिव रुपा गुरुङ, कोषाध्यक्ष सन्देश थिङ र सहसचिव मनिता रानालाई चयन हुँदा सदस्यहरुमा जमुना थिङ, मञ्जरी बलामी, आशिष राना प्रज्ञा, भुपेन्द्र राना मगर, भुवन घलान र सम्झना मगर चयन भएका हुन् ।
यसैगरी मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई प्रदेश प्रतिनिधि चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सूवर्णलाल श्रेष्ठ र रञ्जीता डंगोल चयन भएका छन् । अधिवेशनकै अवसरमा अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाीई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ

