मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा तिर्थ थापा मगर चयन भएका छन् । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा तिर्थ थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको हाे ।
यसैगरी, उपाध्यक्षमा महिलातर्फ सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्ष महिला १ जनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको र सचिवमा पनि सहमति जुट्न नसकेपछि अब सम्मेलन लगतै बस्ने पहिलो बैठकबाट उक्त पदाधिकारीहरु टुङ्ग्याइने जनाइएको छ । केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी रहने प्रावधान अनुसार ७३ जना चयन भइसकेका छन् । मनोनित हुने बाँकी ९ जना अबको बैठकबाट मनोनित हुने बताइएको छ ।
माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ललित घलान, हेटौंडा उपमहानगर इन्चार्ज विवेक राई लगायतकाे उपस्थितिमा भएकाे सम्मेलनको बन्द सत्रबाट पदाधिकारीहरु सर्वसम्मत् चयन भएका हुन् ।

