- सरस्वती बस्नेत, सचिवालय सदस्य अनेमसंघ एवम् बागमती प्रदेशको पहिलो महिला मन्त्री
नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशको पहिलो महिला मन्त्री सरस्वती बस्नेतले नेकपा एमालेको केन्द्रीय सदस्य लड्ने तयारी गरेकी छिन् । २०३२ सालमा विद्यार्थी कालदेखि कम्युनिष्ट पार्टीको राजनीति गर्दै आएकी उनले आफू दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुन चाहेको बताएकी छिन् । २०१९ सालमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा जन्मिएकी उनले विद्यार्थी कालदेखि नै विद्यार्थी राजनीति हुँदै शिक्षक, महिला संगठनको राजनीतिलाई सँगसँगै अघि बढाउँदै सामाजिक काममा समेत क्रियाशील रहँदै आइन् । नेकपा एमाले आशन्न दशौँ महाधिवेशनको सन्दर्भमा उहाँकाे राजनीतिक जीवन र अबको योजना के छ:-
राजनीतिक अनुभव र अबको योजना मेरो राजनीतिक यात्रा
म २०३२ सालदेखि विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेँ । त्यतिबेला म अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध भएँ र केही समयपछि अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भएँ । २०३७ सालदेखि शिक्षण पेशामा आवद्ध भएपछि भने विद्यार्थी राजनीतिबाट शिक्षक संगठनको राजनीति शुरु गरेँ ।
शिक्षण पेशा, शिक्षक संगठनको कामसँगै २०३७ सालदेखि पार्टीको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिम्मेवारी पनि थप भयो । महिलाहरुलाई उनीहरुको हकअधिकारको सचेतनाका लागि संगठनमा आवद्ध गर्दै राजनीतिक रुपमा सचेत गराउँदै अघि बढाउनुपर्ने अवस्था थियो । त्यसैले अनेमसंघको गाउँ कमिटी कमिटी गठन गर्नेदेखि महिलाहरुलाई संगठित गर्दै शिक्षक संगठन र महिला संगठनको काम सँगसँगै गरेँ ।
पछि अनेमसंघको जिल्ला सचिव भएँ, त्यसपछि जिल्ला अध्यक्षहुँदै अनेमसंघको केन्द्रीय सदस्य र हाल केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सहित क्रियाशील छु । त्यस्तै म अनेमसंघको बागमती प्रदेशको सचिव हुँ ।
पार्टी राजनीतिमा हाल बागमती प्रदेश कमिटीको सदस्य हुँ । म शुरुदेखि कुरा गर्ने हो भने पार्टीमा गाउँ कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छु । वि सं २०७१ सालमा सुकुम्बासी आयोगको दोलखा जिल्लाको अध्यक्ष भएँ । विभिन्न सामाजिक संघसस्थाहमा समेत आवद्ध हुँदै २०७४ सालमा दोलखा जिल्लाबाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छु ।
२०७४ सालमा बागमती प्रदेशको प्रदेश सभा सदस्य (सांसद) भएँ र २०७८ बैशाखमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएँ । छोटो समयको लागि मन्त्री भए पनि यो प्रदेशको पहिलो महिला मन्त्री हुने अवसर पाएँ । देश संघीयतामा गइसकेर प्रदेश बनेको करिब ४ वर्षमा मात्रै यो प्रदेशले महिला मन्त्री पाएको हो ।
कोरोनाको दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी: चुनौतिसँगै अवसर
म बैशाख १५ गते बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा पुगेँ । स्वास्थ्य, शिक्षा, महिला, बालबालिकासहित ८ भन्दा बढी क्षेत्र हेर्नुपर्ने यो मन्त्रालय प्रदेशमा सबैभन्दा धेरै वटा क्षेत्र हेर्नुपर्ने मन्त्रालय हो सामाजिक विकास मन्त्रालय ।
म मन्त्री हुँदा कोरोना महामहारीको दोस्रो लहर शुरु हुँदै थियो । प्रदेशमा स्वास्थ्यको जिम्मेवारी त्यतिबेला सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्रमा पथ्र्यो । बढ्दो कोरोना महामारी, सबै ठप्प हुँदा म र मैले जिम्मेवारी सम्हालेको मन्त्रालय भने झन् बढी सक्रिय हुनुपर्ने अवस्था थियो । विशेष गरी कोरोनाकालमा प्रदेशको स्वास्थ्य क्षेत्रमा गरेको केही कामको विवरण यस्तो छ:
- प्रदेश अन्तरगतका अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भईसकेको र बाँकी रहेका अस्पतालहरुमा जडान गर्ने काम अन्तिम चरणमा रहेको र स्थानीय तहमा समेत अक्सिजन कन्सन्ट्रेटर पुगिसकेको छ।
- संक्रमितहरुको उपचारको लागि ८०९ वटा क्ष्ऋग्, ४१६ वटा भेन्टिलेटर र ३१७० वटा
- HDU सहित १०,५०० बेडहरुको व्यवस्था छ।
- बर्खा याममा विपद प्रभावित क्षेत्रमा ज्भबतिज ऋबmउ सञ्चालन गरी स्वास्थ्य सेवा पुयाईरहेको।
- खोपको व्यवस्था संघीय सरकारले गरिरहेको र स्थानीय स्तरसम्म नै संघीय सरकारले खोप उपलब्ध गराएको छ। म हुँदासम्म बागमती प्रदेशभित्र करिब १३ लाख जनालाई कोभिड विरुद्धको खोप सेवा । आदि ।
- यी कामका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सशक्तिकरणका कार्यक्रमका लागि बजेट विनियोजन युवा परिषद गठन, खेलकुद र शिक्षा क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् ।
करिब पाँच महिना मन्त्री हुँदा धेरै समय कोरोनाको दोस्रो लहरको चपेटामा परेर स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिनुपरे पनि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहेको अन्य क्षेत्रलाई पनि त्यत्तिकै ध्यान दिएर चालु आर्थिक वर्षको बजेट विनियोजनको काम गरेको छु ।
अन्तमा, २०३२ सालदेखि करिब पाँच दशक कम्युनिष्ट राजनीति, २०३७ सालदेखि करिब ३० वर्ष शिक्षण पेशामा आवद्ध भई सेवा निवृत्त भएपछि पूर्णकालीन पार्टी राजनीति ९नेकपा एमाले० मा उनी क्रियाशील छु । केही महिना सरकारमा बसेर समेत काम गर्ने अवसरले मेरो राजनीतिलाई अझ खँदिलो बनाएको महसुस मैले गरेको छु । तसर्थ म अब दशौं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य हुनुपर्छ भनेर आवश्यक लागिरहेको छु ।
(बागमती प्रदेश सभा सदस्य मा. सरस्वती बस्नेतसँगको कुराकानीमा आधारित)

