मकवानपुर । संघीयता कार्यान्वयन सहजीकरण सम्वन्धमा हेटौंडामा अन्तरक्रिया गरिएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वय र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब एकनारायण अर्यालले स्थानीयतहमा वेरुजु बढी रहेकाेमा चासाे व्यक्त गरेका थिए । उनले स्थानीय तहका कर्मचारीहरुकाे बृद्धी विकास हुनेगरी कानून निर्माणको चरणमा रहेको बताए । अर्यालले भने– स्थानीय तहका कर्मचारीहरुलाई पनि प्रदेश भित्र सरुवा हुने व्यवस्था सहीतकाे कानुन ल्याउने गृहकार्य भइरहेकाे बताए ।
‘स्थानीय सरकार संचालन सम्वन्धी ऐन बनेकाे तर नियमावली नबन्दा समस्या रहेकाे छ‘ अर्यालले भने ‘ सरकार स्थानीय सरकार सचालन ऐनलाई परिमार्जन गर्दै कर्मचारीसँग सम्बन्धी कानुन निर्माणकाे क्रममा रहेकाे छ ।’ अहिलेकाे अवस्थामा नदिजन्य पदार्थ उत्खनन सम्वन्धमा मापदण्ड बनाई संसदमा लैजाने तयारी रहेको उनले बताए ।

स्थानीय तहहरुमा ६० हजार स्थायी दरवन्दी स्वीकृत भएकाे भए २४ हजार हाराहारी स्थायी कर्मचारीले मात्र काम गर्नुपरेको मन्त्रालयका सह सचिन वसन्त अधिकारीले जानकारी दिए । ‘कर्मचारी समायाेज पश्चात स्थानीय तहमा एक किसिमकाे द्वन्द्वकाे अवस्था रहेकाे छ‘ अधिकारीले भने– संघीय कर्मचारी ऐन लागु भए पछी कर्मचारी वृत्ती विकाससँगै धेरै कुरा हल हुन्छ ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुरका हरेक स्थानीय तहमा नदिजन्य पदार्थ उत्खननमा समस्या रहेको बताए । प्रारम्भिक वातावरणिय मूल्याङकन आईई नभएकाे कारणा उत्खननमा समस्या भएकाेले अव आईई गरेर उत्खनन् कार्य गर्नु लागि परेकाे बताए ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले गत आर्थिक वर्ष चालु आर्थिक वर्षकाे प्रथम चाैमासिक र काेभिड प्रतिकार्य सम्बन्धमा प्रस्तुति गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले चालु आर्थिक वर्षमा ३ वटा नदिजन्य पदार्थ उत्खनन आईई स्वीकृत भएकाे जानकारी दिए । त्यसैगरी आय तर्फका ठेक्का लागि कर संकलन शुरु भएको, सार्वजनिक निर्माण तर्फ ६ वटा ठेक्का सम्झाैता भएकाे, बसपार्क टर्मिनल भवनकाे ३० प्रतिशत कार्य प्रगती भएकाे कृषिथाेक बजार परियाेजना २० प्रतिशत प्रगति १ हजार २ सय याेजना मध्ये ४० प्रतिशत याेजान सम्झौता भएकाे बताए ।

यसैगरी कार्यालयकाे ओएण्डएम हुन नसक्दा कार्य विवरण अस्पष्टता रहेकाे, दरबन्दी अनुसार पदपूर्ति नभएकोले जनशक्तिको कमी रहेको कर्मचारी वृत्ति विकासले आकार लिन नसकेकाे, केही वडा कार्यालयहरु भाडाकाे भवनमा संचालन गर्नु पर्दा दैनिक सेवा प्रवाहमा असुविधा रहेकाे चौलागाईले जानकारी दिएका थिए । नागरिकको बढ्दो सेवा सुविधाको माग र आवश्यक पूर्वाधार निर्माणका लागि श्रोतको कमी रहेको समेत प्रमुख प्रशासकिय अधिकृत चौलागाईले बताए ।
यसै गरी गत आर्थिक वर्षमा उपमहानगरपालिकाकाे वित्तिय प्रगति ७२.२५ प्रतिशत र भाैतिक प्रगति ८० प्रतिशत रहेकाे समेत चाैलागाईले जानकारी दिए ।
उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षता संघीय मन्त्रालयका सचिव अर्यालकाे प्रमुख आतिथ्यता र सहसचिव अधिकारीकाे आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिभिन्न महासाखाका प्रमुखहरु, शाखाका कर्मचारीहरुले स्थानीय तहमा कर्माचारी न्युन हुँदा सेवा प्रवाहमा कठिनाइ भएकाे, नदिजन्य पदार्थ उत्खनन गर्न नपाउँदा विकास निर्माणमा समेत असर परेकाे, कर्मचारीहरुकाे वृत्ति विकासकाे अवसर नभएकाे लगायतका समस्या बिषयमा जानकारी गराएका थिए ।


