मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा रहेकाे जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा भएको छ ।
मकवानपुरगढी वडा नम्बर ५ मा रहेको सहकारीकाे अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा मकवानपुरगढी वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख अतिथ्यतामा १६ औ साधारणसभा भएको हो।
साधारण सभामा सहकारीले जेष्ठ शेयर सदस्य भोजराज दाहाल, असल ऋणीतर्फ शुभद्रा दमाई र भीम बहादुर दोङ, उत्कृष्ट बचतकर्ता असिम घलान, देवेन्द्र दुलाललाई पुरस्कृत गरिएको थियो। त्यसैगरी उत्कृष्ट शेयर खरिदकर्ता पुण्यप्रसाद दाहाल र विजुलीमाया थिङलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी संस्थामा आवद्ध जनज्योती आयआर्जन समूह प्रथम,अन्नपूर्ण आयआर्जन समूह द्वितीय, गुँरास आयआर्जन समूह तृतीय र हिमचुली आयआर्जन समूह सान्त्वना स्वरुप नगद सहित पुरस्कृत भएका छन। सहकारीमा ४ सय ३३ जना शेयर सदस्य रहेका छन भने १० लाख ३७ हजार ९ सय शेयर पुजीँ रहेको बताइएकाे छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तानको विशेष अतिथ्यतामा भएको साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, महिला कल्याण साकोसका पार्वती फुँयाल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका लेखा समिति संयोजक चण्डिका पौडेल,आधारभूत शिक्षा प्राविका प्रअ प्रह्लाद घिमिरे लगायतको उपस्थित रहेको थियो ।

