मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको गरेको छ । कांग्रेस हेटौंडा उपमहानगर समितिले शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे ।
कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको सभाध्यक्षता, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियांको विषेश आतिथ्यता कार्यक्रम भएको हो ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली कांग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा, प्रबक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल लगाoत विभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

