मकवानपुर । मकवानपुर प्रहरीले ग्याँस चोरी गर्ने ३ जनालाई पक्राउ गरेकाे छ । मंगलबार मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ग्यासँ बुलेटकाे टंयाकीबाट २ जना चालक र होटल सञ्चालकले मिलेर ग्यास चोरी गरेको पाइएकाेले पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ नयाँबस्तीका होटल संचालक ४३ वर्षीय भरत कार्की, ग्याँस बुलेट एनएल ०१ एन०१३१ नंबरकाे चालक चुनु कुमार र यूपी–७० बीटी ९९९६ नंबरकाे चालक विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
होटल संचालक कार्कीले बुलेट ग्याँस ट्यांकी चालकहरु संग समन्वय गरी ग्यासँ सिलिण्डरमा ग्यासँ भरी गाउँ घरमा बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनिहरुलाई ग्याँस सिलिण्डर सहित पक्राउ गरिएको प्रवक्ता दासले बताए । कार्कीको होटलबाट कम्पनीको खाली सिलिन्डर १८ थान र भरिएको १३ थान गरी ३१ थान सिलिन्डर बरामद गरिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
भाडा बढी लिने सुमो नियन्त्रणमा
यसै गरी ताेकिएकाे भाडा भन्दा बढी रकम यात्रुसँग लिने सुमाे प्रहरीले नियन्त्रणमा लिएकाे छ । कात्तिक ३ गते बुधबार हेटाैडाबाट काठमाडाैं जनाे यात्रुहरुसँग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं. को सुमोलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरिएकाे प्रहरी निरीक्षक दासले बताए ।
सुमाे सहित चालक मकवानपुर साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

