जिल्ला प्रहरी कार्यालय मकवानपुरले विगतको वर्षहरुमा जस्तै यसवर्ष पनि गाँजा फडानी कार्यलाई निरन्तरता दिएको छ । असोज १७ गते देखी १९ गते सम्म बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक देवेन्द्र दासको कमाण्डमा ६१ जनाको टोलीले लागुऔषध गाँजा खेती फडानी गरेको छ । जिल्लाकाे राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो । प्रहरीका अनुसार ३ दिनमा २७ बिगाहा, ८ कठ्ठा गाँजा र गाँजाको ब्याड ४ कठ्ठानष्ट गरीएको छ । तस्विर साैजन्यः जिल्ला प्रहरी कार्यालय मकवानपुर



