मकवानपुर । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधब कुमार नेपाल हेटौंडा आउने भएका छन् । नेकपा एकीकृत समाजवादी एकीकृत समाजवादी मकवानपुरको असेाज ९ गते शनिबार हुने जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा कार्यक्रमकाे लागि नेपाल हेटाैडा आउने भएका हुन् ।
समाजवादी मकवानपुरको सपथ ग्रहण तथा कमिटी घोषणा लगायत कार्यक्रम सम्बोधनका लागि नेता नेपाल हेटौंडामा आउने लागेका हुन् । नेकपा (एस) मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार रोयल पार्टी प्यालेसमा असाेज ९ गते विहान हुने सपथ ग्रहण, नगर कमिटी घोषणा र भेलाको तयारी पूरा भइसकेको छ । भेलामा अध्यक्ष नेपाल, पार्टीका केन्द्रिय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेत, मुनु सिग्देलले सम्बोधन गर्ने तयारी छ ।
भेला अघि युवाहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुुरियामाईबाट मोटर साइकल ¥याली आयोजना गर्ने अध्यक्ष पोख्रेलले जानकारी दिए । भेलामा पार्टी जिल्ला कमिटीको सपथ ग्रहणका साथै पार्टी नगर कमिटी घोषणा गरिने एकीकृत समाजवादीले जनाएको छ । यस्तै, अनेमसंघको जिल्ला तथा नगर कमिटिी घोषणाका साथै युवासंघको जिल्ला कमिटीलाई रुपान्तरण गर्ने एकीकृत समाजवादी मकवानपुले जनाएको छ ।

