मकवानपुर । नेपालीका काग्रेशको असाेज ९ गते शनिबार हुने स्थानीय तह गाउँ/नगर निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सब इटेनी सहतिको प्यानल घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै इटेनीको प्यानल घोषणा गरिएको हो ।
इटेनी तर्फका नगरउपसभापतिमा रामकृष्ण कोइराला र डोल्मा स्याङबो, सचिबमा सविन न्यौपाने र हर्करत्न लामा, सहसचिबमा निगम श्रेष्ठ र विकास बाँनियाँ लगायतका रहेका छन् ।
नगर सभापतिका उम्मेदवार राउतले प्यानल घाेषणा गरी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार घोषणा गरेर अघि बढेका उनलाई दुबै चुनावको प्रचारप्रसारको चाँजोपाँजो मिलाउनु पर्नेछ ।
यता, मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका स्थानीय तहका १ सय २ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएको बताए । उनले गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भए अधिकतम सहमती र नभए चुनावी प्रक्रियामार्फत सौहार्द्धपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नुपर्ने विभिन्न कार्यक्रममा सम्बोधनका क्रममा बताउँदै आएका छन् ।
नगर अधिवेशनले सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव, कार्यसमिति सदस्यमा प्रत्यक्षतर्फ न्युनतम १९ महिलासहित ५७ जना, खस आर्यतर्फ न्युनतम ८ महिलासहित १६ जना, आदिवासी जनजातितर्फ न्युनतम ९ महिलासहित १९ जना, एक मधेशी र न्युनतम एक महिलासहित २ दलित गरी १ सय २ सदस्यीय कार्यसमिति चयन गर्ने छ । नगर अधिवेशन शनिबार हुँदैछ । नगरकार्यसमितिलाई हेटौंडाका १९ वडाका सभापतिसहित ४२० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।

