मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता गंगाप्रसाद पौडेलले पार्टीको नगर अधिवेृशनमा सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । पार्टीकाे १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा पाैडेलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
असाेज ७ गते विहीबार कार्यकर्तासँगकाे भेटघाटमा पाैडेलले सचिव पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसलाई सबल र सक्षम र बैचारिक रुपमा समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको पौडेलले बताएका छन् । अग्रजहरुलाई सम्मान गर्दै युवा जोश जाँगरको समूचित प्रयोग गरी कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने याेजना रहेकाे समेत कार्यकर्ता भेटघाटकाे क्रममा बताए ।
पार्टी भित्रको गुट उपगुटलाई राजनीतिक तरिकारले व्यवस्थापन गरी हेटौंडा उपमहानगरमा कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठनलाई मजबुद बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले जानकारी दिए।
’आउँदाे स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसका उमेदवारहरुले जित्ने सांगठनिक आधार तयार पार्न आवश्यक देखिएको छ’ पाैडेलले भने ‘सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागि पर्नु पर्छ ।
२०४२ साल चैत २२ गते रामेछापमा जन्मिएका उनी २०५३ सालमा हेटौंडा आए । २०५७ सालमा हेटौंडा ८ स्थित चन्द्रोदय माविमा अध्ययनरत छँदा उनी कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) मा आवद्ध थिए । २०५९ मा मकवानपुर बहुमुखी क्याम्पसको नेविसंघ इकाई सभापति भएका पौडेल २०६२ मा नेविसंघ मकवानपुरको सचिव चुनिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हेटौडाउपमहानगरपालीकाबाट ” नगर सचिव ” हुने इच्छा राखेको छु। हजुरहरुको पुर्ण साथ,सहयोग, समर्थन सहित मत पाउने अपेक्षा र विसश्वास गरेको छु उनले फेसबुक पेजमा समेत लेखेका छन् ।
प्रेस युनियनलगायतका अन्य सुभेच्छुक संस्थाहरुमा पनि पौडेल आवद्ध छन् । लामो समय कार्यकारी पद बिहिन भएर पनि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पौडेल अवसर पाए पार्टी र जनताको हितका लागि थुप्रै काम गर्ने बताउँछन् ।

