मकावनपुर । मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा नेकपा माओवादीबाट निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी नेता फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए ।
घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले प्रवेश गरेका हुन् । असाेज ५ गते मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै उनीहरू पार्टी प्रवेश गरेका एमाले नेता महेश बर्ताैलाले बताए ।
एमाले प्रवेश गरेका फुर्वा सहितका नेतालाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

