मकवानपुर । हेटौंडा-१६ की साेममाया रुम्बालाई ह्वील चियर प्रदान गरिएकाे छ । सहयोगी मन नेपाल मकवापुरले विहीबार अशक्त रहेकी रुम्बालाई सहयाेग स्वरुप ह्वील चियर प्रदान गरेको हाे ।
लामो समयदेखि हिडडुल गर्न नसक्ने अवस्थामा रहेकी ४८ वर्षीया रुम्बालाई एक थान ह्वील चियर सहयोग गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईले बताए । उनलाई हिडडुल गर्न सहज हाेस भनेर ह्वील चियर सहयोग गरिएको चाैलागाईले बताए ।
श्री कृष्ण प्रणामि सेवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका चौलागाईले आफुहरुले समाजमा मानवीय सेवामूलक कार्यको साथै विभिन्न सहयोगको कामलाई पनि निरन्तरता दिईरहेको बताए ।
हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको सहजीकरणमा उक्त ह्वील चियर हस्तान्तरण गरिएको हो । यसअघि पनि सहयोगी मनले एक सय वर्ष उमेर नाघेकी वृद्धालाई ह्वील चियर सहयोग गरेको थियो ।

