मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधरणसभा तथा निर्वाचन कार्तिक ७ गतेबाट हुने भएकाे छ ।
कोरोना भाईरस (कोभिड–१९) को कारण स्थगित भएको साधारणसभा र नर्वाचन आगामी कार्तिक ७, ८ र ९ गते हुने भएको हाे । तय भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए।
कोरोनाको कारण दुई पटक साधरणसभा तथा निर्वाचन स्थगित भएको थियाे । यसअघि पहिलो पटक २०७७ साल चैत २३ गते हुने भनिएको निर्वाचन कोभिडको कारण देखाउँदै संघले बैशाख १८ गतेको लागि ताेकेकाे थियाे । तर पुनः कोरोनाको कारण देखाउँदै संघले निर्वाचन दोश्रो पटक स्थगित गरेको थियो।
कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गर्दै साधरणसभा तथा निर्वाचनको तयारी सुरु भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

