मकवानपुर । देशभर थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७ सय ७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । याेसँगै काेराेना सक्रमणकाे कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ पुगेको छ । उक्त समयमा १ हजार ७ सय ४३ जना काेराेना निको भएका छन् । याे सँगै हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमित मध्ये ५ सय १२ जना आईसीयू र १ सय ६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

