मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भदौ २२ गते मंगलबार सार्वजनिक विदा हुने भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा मगलबार सार्वजनिक विदा दिने जनाएका हुन् । चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको सूचनामा उल्लेख गरिएकाे छ ।
न्वागी पर्व कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड एवम् भौतिक दुरी कायम गरी भिडभाड नगरी मनाउन अध्यक्ष मल्लले आग्रह समेत गरेका छन् ।

